उपसभामुखले गरे भेन्टीलेटर सहितको सघन उपचार कक्ष उद्धघाटन

0
853

दार्चुला, मंसिर २५ गते ।
सुदुरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले जिल्ला अस्पताल दार्चुलामा भेन्टीलेटर सहितको आइसीयु कक्षको उद्धघाटन गर्नुभएको छ । विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि दुई वटा भेन्टीलेटर सहितको सघन उपचार कक्षको उद्धघाटन गरिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेश सरकारबाट प्राप्त दुई वटा बेडहरुको स्थापना गरिएकाले भेण्टीलेटरमा राख्नुपर्ने विरामीहरुका लागि सहुलियत भएको उहाँको भनाई छ ।
भेन्टीलेटर सहितको आइसीयु कक्षको स्थापना गरिएको भएपनि अक्सीजनको प्रर्याप्त ब्यवस्थापन हुन नसकेको डा. दुवालको भनाई छ । एक/दुई दिन सम्म भेन्टीलेटरमा विरामी राख्न अक्सीजन उलब्ध भएपनि अक्सीजनको राम्रो ब्यवस्थापन गर्न नसकिए सम्म भेन्टीलेटर सहितको आइसीयु सेवा सुनिश्तता गर्न नसकिने उहाँको भनाई छ ।
सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीलाई लक्षित गरि जिल्ला अस्पतालमा भेण्टीलेटर सहितको आइसीयु बेड सहयोग गरेको थियो । हाल सम्म दार्चुलामा कोरोनाका गम्भीर विरामी तथा भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने विरामीहरुका लागि धनगढी जानुपर्ने बाध्यता रहेको थियो । सघन उपचार कक्षको स्थापनाले भेन्टीलेटरमा उपचार गर्नुपर्ने गम्भीर विरामीहरुलाई सहुलियत हुनेछ ।