युवासंघ दार्चुला कमिटिले पायो पुर्णता

0
637

दार्चुला, भाद्र ९ गते ।
राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको जिल्ला कमिटीको घोषणा गरिएको छ ।

नेकपा एमालेको भातृ संगठन युवासंघको मंगलबार जिल्ला कमिटि घोषणा गरिसंगै युवासंघ नेपालले पूर्णता पाएको छ ।अनिल ठगुन्नाको अध्यक्षतामा आयोजित जिल्ला भेलामा नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशी प्रमुख अतिथि रहेको थिए । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव एबं सुदूरपश्चिम प्रदेश संयोजक सन्तोष प्रकाश जोशी र केन्द्रीय सचिव मिलन सिंहको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले दार्चुलाका नेताहरु खडकसिंह बडाल, हिरासिंह धामी, गौरी बडाल, कमला बिष्ट, खेमराज जोशी लगायत अतिथि रहेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल दार्चुलाले आयोजना गरेको जिल्ला कमिटि घोषणा कार्यक्रमबाट बाँकी पदाधिकारी, विभाग र स्थानीय तहमा संयोजक तथा सह–संयोजक चयन गरेको युवासंघ जिल्ला अध्यक्ष अनिलसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
युवासंघ दार्चुलाको उपाध्यक्षमा पुष्करसिह कार्की, गौरीलाल खडायत र निरज धामी चयन भएका छन् भने सचिवमा पदमसिह बोहरा, सहसचिव भुमिराज भट्ट र नरेन्द्र बहादुर बम चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी जानकी पालले पाएका छन् ।
युवासंघले युथ फोर्स जिल्ला प्रमुख र उपप्रमुख समेत चयन गरेको छ । इन्द्र ऐरी प्रमुख रहेको युथ फोर्समा लोक बिक्रम सामन्त उपप्रमुख चयन भएका छन् । उक्त भेलाले दार्चुलाका नौँ वटै स्थानीय तहमा संयोजक र सहसंयोजक समेत चयन गरेको छ । नव निर्वाचित पदाधिकारीहरुले मंगलबार सपथ लिएका छन् ।