तालिवानले कब्जा गरेको अफगानिस्तानमा रहेका दार्चुलाका एक जना युवा के भन्छन् ?

0
680
फाइल फोटोः स्रोत गुगल

दार्चुला, भाद्र ८ गते ।
तालिवानी विद्रोही समुहले सत्ता कब्जा गरेको अफगानिस्तान कार्यरत एक जना दार्चुलाका एक जना युवाले आफु सुरच्छित रहेको बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा सेक्युरिटी गार्डमा कार्यरत दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ एक युवा कालापानी न्युज डटकमसंग सम्पर्कमा आएर परिचय गोप्य राख्ने शर्तमा आफु सुरच्छीत रहेको बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना सार्वजनिक गर्दै अफगानिस्तानमा रहेका दार्चुलाका नागरिकहरुको तथ्यांक संकलन गरिरहेको जनाएको छ । अफगानिस्तानमा रहेका जिल्लाका नागरिकहरुको विवरण उनीहरुका घरपरिवारसंग संकलन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको दोस्रो दिन सम्पर्कमा आएका उनलेलत्यहाको अवस्था बारे जानकारी गराएका छन् । एक वर्ष पहिले उनी सुरक्षा गार्ड भिसामा अफगानिस्तानको काबुल शहर गएका थिए ।
हालै अफगानिस्तानमा तालिवानी समूहले कब्जा जमाएपछि अफगानी राष्ट्रपतिले देश छाडेका छन् भने त्यहाका सुरक्षाकर्मी र अफगानी नागरिकहरुले देश छाडिरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुमा अफगानिस्तानमा देखिएको संकटको अवस्थामा सामग्री सार्वजनिक भएका छन् । देश छाड्ने अफगानी नागरिकहरुको विमानस्थलमा घुइचो लाग्ने गरेकोे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युएन एचसिआर सुरक्षा गार्डमा कार्यरत दार्चुलाका ती नागरिकले भने आफूहरुमाथि कुनै असुरक्षा नरहेको प्रतिक्रिया दिएका छन् । ‘हामीहरु निरन्तर काममै व्यस्त छौँ, हामीहरुलाई त्यस्तो असुरक्षा छैन’ उहाँले भन्नु भयो । मिडियाहरुमा आएजस्तो संकट नभएको उहाँले बताएका छन् ।
तीन दिन अघि मात्रै तालिवानी समूहले सेक्युरिटी गार्ड अफिसरलाई पत्राचार गर्दै निधक्र्क भएर काम गर्न भनेको उहाँको भनाई छ । ‘हाम्रो अफिसरलाई तालिवानीले पत्राचार गरेको थियो, ढुक्क भएर काम गर्न भनेको छ, त्यस्तो अप्ठेरो केही छैन’ उहाँले भन्नु भयो ।
उनी युएन एचसिआर अन्तरगत हर्ट इन्टरनेशन कम्पनीमा कार्यरत छन् । उनीहरुसंगै १८ जना नेपाली १६ जना भारतीय र २३ जना श्रीलंकाली नागरिक कार्यरत रहेको उहाँको भनाई छ । नेपालीहरु १८ जना मध्ये दार्चुला घर भएको आफू मात्रै रहेकोे उनले बताएका छन् । अफगानिस्तानमा रहेको अन्य नेपालीहरुसंगसम्पर्क नभएको उहाँको भनाई छ । क्याम्प बाहिर निस्किन नमिल्ने भएकाले काबुलको बाह्य परिस्थितिका बारेमा बुझ्न नपाइएको उहाँको प्रतिक्रिया छ ।
अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको सुरक्षित उद्वार गर्न नेपाल सरकारले विवरण संकलन गरिरहेको छ । सोही अनुसार दार्चुलामा पनि विवरण संकलन गरिरहेकोे छ ।