धौलिगङ्गा बाँधका ढोका खोलिदै

0
692
धौलीगङ्गा परियोजनाको बाँध, फोटोः एनएचपीसी

दार्चुला, भाद्र ९ गते ।
भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युतका बाधका ढोकाहरु खोल्ने भएको छ ।

बाधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सहत बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । बाध सरसफाईका लागि बाधका ढोकाहरु खोलिन लागेको विषयमा भारतको एनएचपिसि लिमिटेडले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । विहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उहाँले बताउनुभयो । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नगरि बाधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा ठुलो क्षती पुगेको थियो ।