गौरा पर्वमा भीडभाड नगर्न अनुरोध

747

दार्चुला, भाद्र ९ गते ।
सुदुरपश्चिमेलीहरुको ठुलो पर्व गौरा आउन केहि दिन मात्रै बाकि रहेको छ । गौरा पर्वमा हुने अनावस्यक भिडभाडले कोरोना संक्रमणको जोखिम हुने भन्दै भिडभाड नगर्न जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले अनुरोध गरेको छ ।

बुधबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ ब्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको तेस्रो लहर फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्ण पालना गरि मनाउन सबै पालिकालाई जानकारी गराउने तथा कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । गौरा पर्वमा जिल्लाका सबैजसो स्थानमा गौरा पर्व मनाइने भएकाले भीडभाड बढ्ने र कोरोना संक्रमण झन् फैलिन सक्ने सवत्र चिन्ता बढेको छ । कोरोना संक्रमणको तेस्रो लहरले १८ वर्षुमनिका बालबालिकाहरुलाई संक्रमण गर्नसक्ने जोखिम रहेकाले सबै नागरिकहरुले आ–आफ्नो बालबालिकाहरुको स्वास्थ्य अवस्था ख्याल गरी भीडभाड हुने स्थानमा नपठाउन समेत जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले अनुरोध गरेको छ । दार्चुलाका सीमा नाकाहरुमा कोरोना संक्रमणलाई मध्यनजर गरी अनिवार्य एन्टीजेन परीक्षण गरिने भएको छ । स्थानीय तहलाई अनिवार्य एन्टीजेन परीक्षणको व्यवस्थापन मिलाई नागरिकहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले प्रशासनले नाका सञ्चालनका लागि सहमति दिएको थियो । तर नेपाल–भारत जोड्ने अघिकांश सीमा नाकाहरुमा एन्टीजेन परीक्षणको व्यवस्थापन नभएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ । सीमा नाकामा परिक्षणमा कडाई गरिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !