मालिकार्जुन गाउँपालिकाको ५ औ गाउँसभा सम्पन्न , कुन क्षेत्रमा कति बजेट हेर्नुहोस !

0
1171

दार्चुला, असार २५ गते ।
मालिकार्जुन गाउँपालिकाको ५ औ गाउँसभा विहिबार सम्पन्न भएको छ । गाउँपालिकाले आगामी आर्थीक बर्षका लागि ल्याएको निति, कार्यक्रम तथा बजेट बिहिबारको गाउँसभाले पारित गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिएका छन् ।
मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागी विभिन्न ६ वटा सडकहरु निर्माणका लागी बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले शंकरपुर–सलेती सडक , ऐरिछाना–डाडाकोट सडक र मालिकार्जुन– न्वालपानी सडक निर्माणका लागी समान २८ लाख ५० हजार बजेट विनियोजन गरेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि थक्तोली–रञ्चनी सडक र भोरकोट–खोलीचौरा सडक निर्माणका लागी समान १० लाख तथा जौलजिवि मेला मञ्च सडक निर्माणका लागी ५ लाख बजेट विनियोजन गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
यसरी गाउँपालिकाले आगामी आर्थिक बर्षमा सडक निर्माण तर्फ कुल १ करोड १० लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
त्यसैगरि मालिकार्जुन पर्यटन पूर्वाधार तर्फ १० लाख, शंकरपुर बजार पिसिसि बाटो निर्माणका लागी ५ लाख, ऐरिछाना खेल मैदान निर्माणका लागी १५ लाख, लटिनाथ मन्दिर घेर पर्खाल ( गौल) का लागि २ लाख, तल्ला गाउँ भराणी भण्डारी घर निर्माणका लागी ३ लाख, तल्लागाउँ ढल निकाशका लागी ३ लाख बजेट गाउँपालिका बाट स्विकृत भएको छ । साथै दलित बस्ती भण्डारी घर भौतडीका लागि २ लाख र तमैराज मन्दिर फिल्ड निर्माण द्धालि का लागि २ लाख बजेट विनियोजन गरिएको मालिकार्जुन गाउँपालकाले जनाएको छ ।
बन तथा बताबरण तर्फ खोलिचौरा दलित बस्ती पहिरो नियन्त्रणमा २ लाख र बाँकु खर्क टोल ग्यैरानी घर पहिरो नियन्त्रणमा ३ लाख बजेट विनियोजन गरिएको छ ।
सुशासन तर्फ विपद् ब्यवस्थापन कोषमा २० लाख, कोरोना कोषमा १ करोड ३० लाख, न्यायीक समिति तर्फ २० लाख, सेवा परामर्श तर्फ २० लाख र कर्मचारी तलभ भत्तामा १ करोड ५० लाख बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक विकास तर्फ कृर्षी शाखामा २० लाख, पशु शाखामा ८ लाख र सहकारी प्रबद्र्धनात्मकमा ५ लाख बजेट विनियोजन गरिएको छ ।
सामाजिक विकास तर्फ स्वास्थ्य शाखामा २६ लाख, शिक्षा शाखा तर्फ ८० लाख, महिला तथा बालबालिका शाखा तर्फ १६ लाख, आर्युबेद शाखा तर्फ ३ लाख, अध्यक्ष स्वरोजगार कार्यक्रम तर्फ २५ लाख र उपाध्यक्ष सित महिला स्वरोजगार कार्यक्रम तर्फ २५ लाख बजेट विनियोजन गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि विभिन्न जात्रा मेला र चाडपर्व खर्च तर्फ ५ लाख, दिर्घ रोगीहरुका लागी औषधी उपचार तर्फ ५ लाख, दलित लक्षित कार्यक्रम तर्फ ८ लाख र धामीगाडा खानेपानी मर्मत तर्फ २ लाख बजेट विनियोजन गरिएको छ ।
साथै ८ वटै वडाहरुमा बाडफाड तर्फ २ करोड १४ लाख बजेट छुट्याइएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
विहिबारको ५ औ गाउँसभाले वडा नम्बर एक मा २१ लाख, वडा नं २ मा २७ लाख, वडा नं ३ मा २८ लाख ५० हजार, वडा नं ४ मा २६ लाख, वडा नं ५ मा २६ लाख ५० हजार, वडा नं ६ मा २७ लाख, वडा नं ७ मा २६ लाख र वडा नं ८ मा ३२ लाख बजेट स्विकृत गरेको छ ।
यसरी मालिकार्जुन गाउँपालकाको आगामी आर्थिक बर्ष २०७७–७८ को बार्षिक विकास कार्यक्रममा विभिन्न ३७ विधाहरुमा ११ करोड ३४ लाख ५० हजार बजेट बाडफाड गरिएको छ ।
आगामी आर्थिक बर्षमा गाउँपालिकालाई प्राप्त हुन सक्ने आन्तरीक आम्दानी ४० लाख, ५० हजार र गत बर्षको मौज्दात रकम ६८ लाख रहेको गाउँपालिकाले जनाएको छ ।
आगामी आर्थिक बर्षको लागि श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले पेस गरेको बजेट सीमा अनुसार संघिय अनुदान, प्रदेश सरकारको अनुदान, आन्तीक आम्दानी, सामाजिक सुरक्षा मार्फत पाइने अनुदान र गत बर्षको मौज्दात गरि ४८ करोड ८५ लाख ५७ हजार ८ सय ९० रुपैया बजेट सिमा अनुमान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।