मालिकार्जुनमा अशक्तलाई घरमै नागरिकता वितरण

0
294

दार्चुला,पुष २३ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा ३ जनालाई नागरिकता विरतण गरिएको छ । शनिबार मालिकार्जुन गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा र जिल्ला प्रशासन कार्यालय दार्चुलाको सयुक्त पहलमा गाउँपालिकाका ३ वडाका तिन जनालाई घरमै पुगेर नागरीकता विरतण गरिएको हो । १ जना महिला २ जना पुरुष गरी ३ जनालाई नागरीकता विरतण गरिएको मालिकार्जुन गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा संयोजक आरती शर्माले जानकारी दिनु भयो । मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ बस्ने वर्ष ५५ का केशव सिंह धामी, मालिकार्जुन गाउँपालिका वडा नम्वर ४ बस्ने वर्ष ६० का करविर सिंह धामी र मालिकार्जुन गाउँपालिका वडा ४ स्थायी बसोबास भई मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ शंकरपुर बस्ने ७४ वर्षिय महिला अनिता धामीलाई नागरीकता वितरण गरिएको महिला बालबालिका शाखा संयोजक शर्माले बताउनु भयो । ७४ वर्षिय महिला अशक्त रहेको तथा दुबैजना पुरुषहरु सुस्त मनस्थितिका रहेको बताइएको छ । उनीहरुको परिवारमा स्याहार सुहार गर्ने व्यक्ति समेत नभएपछि गाउँपालिकाको बालबालिका शाखा र जिल्ला प्रशासन कार्यालयको सयुक्त पहलबाट नागरीकता दिन सफल भएको उहाँले बताउनु भयो । यस्तै ६० वर्षका करविर सिंह धामी समेत लामो समय सम्म भारतमा काम गर्ने भएकाले नागरीकता पाउनबाट बन्चित देखिएपछि उनलाई समेत नागरीकता प्रदान गरिएको छ । ५५ वर्षका केशव सिंह धामीका आमा बुवा सानो छदा वितेपछि नागरीकता बनाउन छुटेको गाउँपालिका महिला बालबालिका शाखा प्रमुख शर्माले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोली र मालिकार्जुन गाउँपालिकाको टोलीले तिनै जनालाई सम्बन्धित वडाहरुमा गएर नागरीकता विरतण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मालिकार्जुन गाउँपालिका वडा ४ स्थायी बसोबास भई मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ शंकरपुर बस्दै आउनु भएका ७४ वर्षिय महिला अनिता धामीलाई वडा कार्यालयले न्यानो कपडा र ब्याल्ङकेट वितरण गरिएको छ । एकल,अपांग र अशक्तको नागरिकता बनेपछि माघ महिनाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने भएका छन् ।