दार्चुलामा तुइनबाट खसेर एक बालक महाकालीमा बेपत्ता

0
367

दार्चुला,पुष २३ गते ।
दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक महाकाली नदीमा बेपत्ता भएका छन् । बिहीबार करिव ११ बजे तिर व्याँस गाउँपालिका वडा नम्वर ४ डोकटका सिमराज बिष्टका छोरा अन्दाजी १० वर्षका दिपेन्द्र सिंह बिष्ट तुईन तर्ने क्रममा खसेर महाकाली नदीमा बेपत्ता भएका हुन् । आमा राइमति बिष्ट तुईनको बाटो भएर भारतको मेलामा सुकेको घाँस खर काट्न गएको र ती बालक आफ्नो आमाको पछि पछी लागेर सोही तुइनकै बाटो भएर जान खोज्दा हात थाकेर महाकाली नदिमा खसेका थिए । घटना बिहीबार बिहान भएको भएपनि उक्त क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबार मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिनु भयो । उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । सय मिटर माथि मलघट्टेमा झोलुंगे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्ने गरेको स्थानियले बताएका छन् ।