महाधिबेशन प्रतिनिधिमा प्रदेश सासंद बमं पराजित

0
469

दार्चुला, मंसिर ११ गते ।
नेपाली काङग्रेस दार्चुलाको अधिबेशनमा केन्द्रिय महाधिबेशन प्रतिनिधिका लागि उम्मेद्धवारी दिएका सुदुरपश्चिम प्रदेश सभाका सांसद नन्दा बमं पराजित भएका छन् । महाधिबेशन प्रतिनिधि महिला प्रत्यक्षतर्फ ४ जना संग चुनावमा होमिएका बमं ४ सय ९० मत ल्याउदै पराजित भएका हुन् ।

बमंसंग प्रतिश्पर्धा गरेका शैल्यशिखर नगरपालिकाका उपमेयर राजमती पाल तथा शान्तिदेबी बमंले सबैभन्दा बढी ६ सय ८७ मत तथा दुहुँ गाउँपालिका उपाध्यक्ष इश्वरी जोशीले ६ सय ६९ र यसोधा तिंकरीले ५ सय ६७ मत ल्याएका छन् ।
केन्द्रिय महाधिबेशन प्रतिनिधिका लागी ५९ जनाले आफ्नो मनोनयनपत्र दर्ता गराएका थिए । विभिन्न पदमा २५ जना केन्द्रिय महाधिबेशन प्रतिनिधि चयन भएका छन् । काङग्रेस दार्चुलाको ७ औँ महाधिबेशनको मंगलबार उद्धघाटन गरिएको थियो ।