काङग्रेस दार्चुला अधिबेशनः कार्कीको सबैभन्दा बढी मत, २१ पदमा निर्विरोध

0
461
फाइल फोटो

दार्चुला, मंसिर ११ गते । 
नेपाली काङग्रेस दार्चुलाको सातौँ अधिबेशनबाट सभापतिका उम्मेद्धवार ललित सिह बोहरा विजयी भएका छन् । प्रतिश्पर्धी अमरसिह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कुल खसेको ९ सय ५६ मत मध्ये बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मत प्राप्त गरेका हुन् । यो संगै बोहरा पुनः काङग्रेस दार्चुलाको सभापतिमा दोहरिएका छन् । बोहरा संस्थापन इतर पक्षका मानिन्छन् भने धामी संस्थापन पक्षाबाट चुनाव लडेका थिए ।
बोहरालाई काङग्रेस नेता एबं कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको समेत समर्थन रहेको बताइन्छ ।
काङग्रेस दार्चुलाको ७ औँ अधिबेशनको मंगलबार उद्धघाटन गरिएको थियो । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । विहिबार निर्वाचन गरि शुक्रबारबाट मतगणना गरिएको थियो भने शनिबार विहान मतगणना सम्पन्न भएको छ ।
मतपरिणाम अनुसार उपसभापति पदमा ५ सय ४० मतले ललित सिह ठगुन्ना र ४ सय २८ मतले महादेब बडु (कस्यप), सचिव पदमा ६ सय ६५ मतले पुलेन्द्र बहादुर कार्की र ४ सय ५ मतले माधवराज भट्ट निर्वाचित भएका छन् ।
सह–सचिव पदमा ५ सय ६९ मतले राजु अवस्थी र ४ सय २८ मतले राजेन्द्र प्रसाद जोशी निर्वाचित भएका छन् ।
सदस्यमा इन्द्रसिह डागा, कृष्ण सिह बोहरा, तुङ्गध्वज सिह बोहरा, धनराज जोशी, नरबहादु बमं, मानसिह धामी, शेरसिह धामी, नविन चन्द, बहादुर सिह खत्री, अमर बहादुर विष्ट, गंगादत्त जोशी, र दानी गिरी निर्वाचित भएका छन् ।

२१ पदमा निर्विरोध निर्वाचित

नेपाली काङग्रेस जिल्ला कार्यसमितिको ४२ सदस्यिय कार्यसमितिका लागि ६९ जनाले आफ्नो मनोनयन दर्ता गराएका थिए । जसमध्ये २२ पदमा निर्विरोध निर्वाचित भएका थिए भने १९ पदका लागि निर्वाचन भएको हो ।
निर्विरोध निर्वाचित हुनेहरुमा जिल्ला कार्यसमिति सदस्य पदमा करन सिह धामी, भागरथी देबी धामी, दिलिप सिह कार्की, स्वरस्वती कुवर, बाशुदेब बडु, हंशराज भट्ट, विन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिह ठेकरे, विर सिह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी र सञ्जा धामी रहेका छन् । निर्विरोध महिला सदस्य तर्फ कलावती ठेकरे, माया भट्ट र शान्ति देवी धामी रहेका छन् । दलित सदस्य मदन राम लुहार, श्याम सिह सिनाल र आदिबासी जनजाती सदस्यमा धिरन सिह बुढाथोकी पनि निर्विरोध निर्वाचित भएको काङग्रेस दार्चुलाले जनाएको छ ।
विहिबार भएको निर्वाचनमा कूल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिएका छन् । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत र क्षेत्र नम्बर (ख) का ५ सय ८७ मध्ये ५ सय ३८ मत खसेको अवस्थीले बताउनुभयो ।