नेपाल–भारत सीमा बैठक पिथौरागढमा

0
475

दार्चुला, मंसिर ११ गते ।
नेपाल–भारत सीमा बैठक पिथौरागढमा सम्पन्न भएको छ । भारतको पिथौरागढ संग जोडिएको दार्चुला र बैतडीका जिल्ला सुरक्षा समिति पदाधिकारी सीमा बैठकमा भाग लिन आज भारतको पिथौरागढ गएका छन् ।

सीमा बैठकमा भाग लिनका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि गरि दार्चुलाबाट १५ जनाको टोली पिथौरागढ तर्फ गएको छ । आज सीमा सुरक्षा बैठकमा भाग लिई भोली टोली फिर्ता हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर सिह ऐरीले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा भइरहेका गतिविधिहरुको चर्चा र सहकार्यका लागी दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाको सीमा बैठक प्रत्येक बर्ष बस्ने गरेको छ । विगत दुई बर्ष सम्म कोरोना प्रभावले सीमा बैठक हुन सकेको थिएन । सीमा बैठकमा जयसिह धामी प्रकरण, सीमा क्षेत्रका समसामयिक समस्या लगायत विषयमा छलफल हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाका कम्प्युटर अपरेटर मोहन दत्त भट्टले जानकारी दिनुभयो ।
सीमा बैठकले सीमा क्षेत्रमा सुरक्षा सहकार्यका लागि भातृत्वको भावनाको समेत विकास हुने प्रहरी निरीक्षक ऐरीको भनाई छ ।