महाकाली नदीमा हाम फालेकी महिलाको मृत्यु

582

दार्चुला, चैत्र २७ गते । 
महाकाली नदीमा हाम
फालेकी एक जना महिलाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका ४ खातीगाउँ स्थायी घर भएकी करिब वर्ष २६ कि दमन्ती धामीले बिहान १० बजेतिर महाकाली नगरपालिका वडा नं ४ स्थित रिङनतालबाट महाकाली नदीमा हाम फालेकी थिइन् ।

नदीमा हाम फालेको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली महाकाली नदी किनार गएको थियो । महाकाली नगरपालिका वडा नं ५ को नमस्कार मन्दिरबाट महिलाको सुरक्षा निकायको टोलीले उद्धार गरि जिल्ला अस्पताल पुगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए । धाम्पा धामीकि श्रीमती मृतक महिला दार्चुला सदरमुकामको रोशन वियरबारमा काम गर्ने गर्दथिन् । उनका १ छोरा र ३ छोरी रहेका छन् । माइती पक्षले मृतक महिलाको शब बुझ्न मानेका छैनन् । घटनाबारे अनुसन्धान भइहरहेको प्रहरीले जनाएको छ । 


तपाईको प्रतिक्रिया दिनुहोस् !