कुञ्चा सर्ने तयारीमा शौका समुदाय

0
481
फाईल फोटो: कुञ्चा सर्दै व्यासका स्थानीय

दार्चुला, बैशाख ७ गते ।
ब्यास गाउँपालिका वडा नं १ को छाङरुतिंकरका शौका समुदाय कुञ्चा सर्ने तयारीमा रहेका छन् । हिउँदमा भारी हिमपात हुने भएकाले ती गाउँमा बासिन्दा सदरमुकाम खलंगा झर्ने गरेका छन् ।

हिउँद छल्न सदरमुकाम झरेका शौका समुदाय गर्मी बढेसंगै हिमाली गाउँमा जाने तयारीमा रहेका छन् । कार्तिक मंसिर महिनामा व्याँसबाट खलंगा झरेका सौका समुदाय बैशाख महिनामा व्याँस जाने गरेका छन् । यस पटक पनि नेपाल तर्फबाट बाटो नहुदाँ भारतको बाटो भएर गाउँतिर कुञ्चा सर्ने व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक सिह बोहराले जानकारी दिनुभयो । भारतको धार्चुला प्रशासनले ७ सय जनालाई बहुयात्रा अनुमति दिएको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो । अनुमती पाएसंगै एक दुइ दिन भित्र कुञ्चा व्यासतर्फ सर्ने उहाँले बताउनुभयो । छाङरुतिंकरमा २ सय परिवारको बसोबास छ । छाङरुतिंकर जोड्ने घोरेटोबाटो गत बर्ष नेपाली सेनाले निर्माण गरेको भएपनि भारतीय सडक निर्माण र महाकाली नदीको बहावले क्षत विक्षत बनेको छ । बाटो निर्माणका लागि ३ करोडको ठेक्का सम्झौता गरिएको भएपनि हाल सम्म निर्माण कार्यको सुरुवात समेत हुन नसकेको वडाध्यक्ष बोहराले बताउनुभयो । पछिल्लो समय नेपाल तर्फ बाटो नहुदाँ शौका समुदायले आफ्नै गाउँघर पुग्न भारतीय अनुमति लिनुपर्ने बाध्यता बनेको छ ।