ग्राफिक्समा हेर्नुहोस् दार्चुलाको स्थानीय तह २०७४ को परिणाम

0
619

बिरा दत्त भट्ट
दार्चुला, चैत्र २७ गते । 
नेपालको संविधान जारी भएर पहिलो पटक ऐतिहासिक रुपमा भएको स्थानीय तह निर्वाचन २०७४ मा दार्चुलाका स्थानीय तहहरुमा विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरुले विजय हासिल गरेका थिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुलामा पनि चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलहरुले गाउँ गाउँमा पुगेर चुनावी कार्यक्रमहरु गरिरहेका छन् भने पार्टी प्रवेश गराउने कार्यपनि प्रतिस्पर्धात्मक रुपमा भइरहेका छन् ।


पाँच वर्ष अघि देशभर दोस्रो चरण अन्र्तगत दार्चुलामा १४ असार २०७४ मा भएको स्थानीय तहको निर्वाचनको परिणामको आधारमा पनि राजनीतिक दलहरुले जोड घटाउ गरिरहेका छन् ।
त्यस निर्वाचनमा दार्चुलाका स्थानीय तहहरुमा सबै भन्दा बढी सिटमा नेपाली काङ्ग्रेसले हात पारेको थियो ।
दार्चुला जिल्लाका ९ वटा स्थानीय तहहरुमा सात वटा गाउँपालिका र दुईवटा नगरपालिका छन् । जसमा महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसले जित हात पारेको थियो । सात वटा गाउँपालिका मध्ये तीन वटा दुँहु, व्यास र मालिकार्जुन गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसले जित हासिल गरेको थियो भने तीन वटा गाउँपालिका नौगाड, लेकमअपीहिमालको अध्यक्ष पदमा नेकपा एमाले र मार्मा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीले जित हासिल गरेको थियो । यसरी ९ वटै स्थानीय तह मध्ये पाँचवटामा नेपाली काङ्ग्रेस, तीनमा नेकपा एमाले र एक स्थानीय तहमा नेकपा माओवादीले जित हासिल गरेको थियो । 


उप प्रमुख तथा उपाध्यक्ष पदमा दुईवटा नगरपालिका महाकाली र शैल्यशिखर तथा दुईवटा गाउँपालिका दुँहु र व्यासमा गरि चार स्थानिय तहहरुमा नेपाली काङ्ग्रेसले जित हासिल गरेको थियो भने चार वटा स्थानीय तहहरु मालिकार्जुन, नौगाड, अपिहिमाललेकम गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको थियो । त्यसैगरी नेकपा माओवादीले उपाध्क्ष पदमा एक सिट मार्मा गाउँपालिकामा हासिल गरेको थियो । 


दार्चुला जिल्ला भरि रहेका ६१ वटा वडाहरु मध्ये ३५ वडामा नेपाली काङ्ग्रेस, २० वडामा नेकपा एमाले र ६ वटा वडामा नेकपा माओवादीले जित हासिल गरेको थियो । 


दलित महिला सदस्य तर्फ २९ सिटमा नेपाली काङ्ग्रेस, २२ सिटमा नेकपा एमाले र ७ सिटमा नेकपा माओवादीले जित हासिल गरेको थियो । 


दलित वा अल्पसंख्यक सदस्यहरुमा १३ सिटमा नेपाली काङ्ग्रेस, ३ सिटमा नेकपा एमाले, ३ सिटमा नेकपा माओवादी र १ सिटमा नयाँ शक्ति पार्टीले जित हासिल गरेको थियो । 


महिला सदस्यहरुमा ३० सिटमा नेपाली काङ्ग्रेस, २५ सिटमा नेकपा एमाले र ६ सिटमा नेकपा माओवादीले जित हासिल गरेको थियो । 


अन्य वडा सदस्य तर्फ ६९ सिटमा नेपाली काङ्ग्रेस, ४३ सिटमा नेकपा एमाले र १० सिटमा नेकपा माओवादीले सिट हासिल गरेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाको तथ्याङ्क छ । 

 


 

विज्ञापन