महाकाली किनारमा दीप प्रज्वलन (फोटो फिचर)

0
550

दार्चुला, फागुन २ गते । 
‘पवित्र महाकाली स्वच्छता अभियान’ ले माघ शुक्ल द्वादशी तिथिका दिन (आइतबार) महाकाली नदी किनारमा दीप प्रज्वलन गरेको छ । 

नदी सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरि नदीको पुजा गरिएको अभियानका संयोजक शंकर सिह धामीले बताउनुभयो । हिन्दु धर्ममा महाकाली नदीको आफ्नै महिमा छ । माता कालीको अवतारका रुपमा महाकाली नदीलाई लिइन्छ ।
प्रकृतिको अनुपम, अद्वितीय सम्पदा पवित्र महाकाली नदीको समयमै यसको संरक्षण गर्नु आवश्यक छ, यसको महत्व सबैले बुझुन् भनेर नदीको पुजा गरिरहेको उहाँको भनाई छ ।  महाकाली नदी नेपाल र भारतको सीमा नदी भएकाले दुबै देशका नागरिकहरु सचेत भएमा नदी स्वच्छ राख्न सकिन्छ ।
महाकाली नदी सरसफाइका प्रमुख चुनौतीहरू नदी किनारमा दिशा, पिसाब गर्ने, फोहोरमैला जथाभावी फाल्ने, सिसाका बोतलहरू नदीमा फाल्ने लगायत रहेका छन् ।
अभियान अन्र्तगत माघ पूर्णिमा तिथि (फागुनगते) का दिन समेत नदीमा दीप प्रज्वलन गरिने धामीले बताउनुभयो ।