मदन भण्डारी जन्म जयन्तीको अवसरमा विरामीहरुलाई फलफुल वितरण

0
594

दार्चुला, असार १४ गते ।
जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन दार्चुलाले जिल्ला अस्पताल दार्चुलामा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

जननेता भण्डारीको ७० औ जन्म जयन्तीको उपलक्ष्यमा सोमबार जिल्ला अस्पताल दार्चुलामा विरामीहरुलाई फलफुल वितरण गरिएको नेकपा एमाले दार्चुलाका प्रचार प्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । सो अवसरमा फाउण्डेसनले जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. आर्दश लिम्बु तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना सक्रमणका बेला विरामीहरुको सेवामा खटिएकोमा दोसल्ला ओढाई सम्मान गरिएको उहाँले बताउनुभयो । फलफुल वितरण कार्यक्रममा नेकपा एमाले दार्चुलाका जिल्ला अध्यक्ष राम दत्त जोशी , जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष दलजीत धामी , प्रचारप्रसार प्रमुख खडक बडाल , नेपाल बाल संगठनका सभापति धन बहादुर कुवर ,अखिल नेपाल महिला संघ ( अनेम संघ ) संयोजक हिरा अवस्थी , अनेम संघ केन्द्रिय सदस्य गौरी बडाल , युवा परिषदका संयोजक खेम राज जोशी , युवा संघ संयोजक अनिल ठगुन्ना लगायतको सहभागिता रहेको थियो ।
जननेता मदन भण्डारीको जन्म २००९ साल असार १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो । भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।