भारतीय रक्षा मन्त्रीले गरे सीमा क्षेत्रमा निर्माण गरिएका पुलको उद्घाटन

0
741
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

दार्चुला, असार १४ गते ।
भारतीय रक्षा मन्त्री राजनाथ सिहले सीमा क्षेत्रमा निर्माण गरिएका पुलहरुको सोमबार भिडियो कन्फ्रेन्स मार्फत उद्धघाटन गरेका छन् ।

पिथौरागढ जिल्लामा रहेका नेपाल तथा चीन सीमा जाड्ने सडकहरुमा निर्माण गरिएका चारवटा पुलहरुको भिडियो कन्फ्रेन्सीङ मार्फत उद्धघाटन गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । जसमध्ये तीनवटा बैलिव्रिज र एक पक्की पुल रहेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिहँ लद्धाख भ्रमणमा पुगेका बेला लद्याखबाटै भारतभर सीमा क्षेत्रमा निर्मित ७५ पुलहरुको भिडियो कन्फ्रेन्सबाट उद्धघाटन गरेका छन् । पिथौरागढ जिल्लाका पुलहरुको उद्धघाटन कार्यक्रममा उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री तिरथ सिह रावत पनि सहभागि रहेका थिए । मुख्य मन्त्री रावतले सीमा क्षेत्रमा निर्माण गरिएका यि पुलहरु सामरिक दृष्टिले महत्वपुर्ण रहेको बताएका छन् । पुलहरुको निर्माणले भारतीय सुरक्षाकर्मी र सीमा क्षेत्रका नागरिकहरुका लागि सुविधा हुने उहाँको भनाई छ ।
धार्चुला–लिपुलेक सडक अन्र्तगतको ज्युतीगाडमा निर्माण गरिएको १ सय ४० फिट लम्बाईको दुई लेनको बैलि ब्रिजको पनि उद्घाटन गरिएको छ । साथै जोलजिवि –मुनस्यारी सडकको किरकुटिया खोलामा निर्माण गरिएको दुई लेनको १ सय ८० फिट लामो बैलि व्रिज तथा मुनस्यारी–बोगडियार–मिलम सडकको लास्पा खोलमा निर्माण गरिएको १ सय ४० फिट लम्बाईको पुलको सोमबार उद्धघाटन गरिएको छ ।