भारी हिमपातले सञ्चारविहिन ब्यास

0
416

दार्चुला, माघ २१ गते ।
दार्चुलाको व्यास गाउँपालिकामा भारि हिमपात भएको छ । हिमपातका कारण वडा नं ४ कैचुला स्थित नेपाल टेलिकमको टावर अवरुद्ध भएको छ । बुधवार देखि भएको हिमपातका कारण कैचुला टावर अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका कर्मचारी प्रलाह्द अधिकारीले बताउनुभयो ।

ब्यास गाउँपालिका वडा नं ४ कैचुलामा रहेको नेपाल टेलिकमको टावरबाट सुन्सेरा, धौलाकोट, सिना, राप्ला, दुम्लीङ लगायत भारतको सोसा, पांगु, पाङला लगायत गाउँका बासिन्दाले सेवा लिने गरेका छन् ।
यस हिउँदमा लगभग १० पटक सम्म कैचुला टावरमा हिमपात भएको छ । सोलार सिस्टमबाट जडान गरिएको टावरमा सोलार प्लेट नै हिउँले पुर्ने भएकाले बेला–बेला ब्यास क्षेत्रको सञ्चार अवरुद्ध हुने गरेको छ । सोलार प्लेटमा परेको हिउँ पटक–पटक स्थानिय युवाहरुले सफा गर्दै सञ्चार पुनः सुचारु गर्ने गरेका छन् । तर यस पटक लगातार तीन दिन सम्म भारी हिमपात र बर्षा हुदाँ सञ्चार सेवा सुचारु गर्न सकिएको छैन ।