झण्डै साढे तीन किलो चरेश सहित पिथौरागढमा दुई जना पक्राउ 

571

दार्चुला, माघ २१ गते । 
पिथौरागढमा झण्डै साढे तीन किलो चरेश सहित दुई जना पक्राउ परेका छन् । पिथौरागढ प्रहरी र एसओजीको संयुक्त टोलीले दुई जनालाई ३ किलो २ सय ६४ दशमलब ३ ग्राम चरेश सहित पक्राउ गरिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । 

प्रहरीले पिथौरागढको एंचोलीमा वर्ष ३५ का कैलाश सिह र बर्ष ३२ का गिरिश कुमारलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले एनडीपीएस कानुनको धारा ८/२० अनुसार मुद्धा दर्ता गरेको छ । 


सीमा क्षेत्रमा अवैध नसालु पदार्थको ओसारपसार हुने गरेको छ । ओसारपसारको चेन पत्ता लगाउन प्रहरीले पक्राउ परेकाहरु संग सोधपुछ गरिरहेको छ । पक्राउ गर्ने टोलीमा चंडाक प्रहरी चौकी प्रमुख पवन कुमार जोशी, कस्टेबल मोहम्मद फईम, बृजेश नयाल लगायत थिए ।  पक्राउ गर्न सफल भएकोमा प्रहरी टोलीलाई पिथौरागढका प्रहरी प्रमुख एसपी लोकेश्वर सिहले धन्यबाद दिएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस् !