आऊ युवा राजनीति सुधारौं

0
806
पदम बडाल ।

पदम बडाल ।

लोकसेवा र विमान स्थलका टर्मिनल मात्र कति घेर्छौ
कलाकोटे र सेता कोटेको सपना मात्र कति बुन्छौ ।

सिपाही र क्याडेडका लागि पसिना बगाएको धेरै भो
संस्थान र विश्वविद्यालयका दरखास्त मात्र कति हेर्छौ ।

बिरामी देश शिखरमा भ्रष्टाचार अस्तब्यस्त व्यवस्था
नेताका भाषण र तिनका उद्घाटन मात्र कति हेर्छौ ।

आउ बडारौ कसिंगरहरू हुन् यी हामीले नै पालेका
बिगारेको, भत्काएको, मिचेको मात्र कति हेर्छौ ।

हातमा हाम्रा सर्टिफिकेटका चाङ र एक थान भिजा
थन्क्याउ तिनलाई, उठाउ झण्डा सधैं यिनका हातमा मात्र कति हेर्छौ ।