भारतिय सडक निर्माणले क्षतविक्षत व्यास जोड्ने तम्बाकु–घाटिबगर बाटो (फोटो फिचर)

0
587

दार्चुला, साउन १२ गते ।
भारतीय सडक निर्माणले नेपाली सेनाले बनाएको दार्चुलाको त्रिदेशीय सिमा क्षेत्र जोड्ने तम्बाकु घाटिबगर गोरेटो बाटो क्षतविक्षत बनेको छ ।

बाटो अवरुद्ध भएसंगै त्रिदेशीय सीमा क्षेत्रका गाउँहरु छाङरु र तिंकर दार्चुला सदरमुकामबाट सम्पर्क विच्छेद भएका छन् ।


 

भौगालिक कठिनाइले दुम्लीङ देखि छाङरु जोड्ने बाटो अधिकाशं ठाउँमा महाकाली नदी किनारै किनार लगिएको छ ।



भारतले धार्चुला लिपुलेक सडक निर्माण गरिरहेकाले हाल महाकाली नदीमा माटो र ढुङ्गा फालिएको अवस्था छ । यसले महाकाली नदी थुनिने र नेपाल तर्फको बाटोमा क्षती हुने गरेको छ ।



घाटीबगडको ५ सय ५० मिटर कडा चट्टानी भुभागमा नेपाली सेनाले बाटो बनाएर २०७६ साल असोजमा उक्त बाटो स्थानिय सरकारलाई हस्तान्तरण गरेको थियो । नेपाली सेनाले तीन महिना लगाएर बनाएको उक्त बाटो हाल भारतीय सडकका कारण ठाउँ ठाउँमा भत्कीएको छ ।



नेपाली सेनाले घाटीबगड क्षेत्रको बाटो निर्माणमा १ करोड ८ लाख ३२ हजार रुपैयाँ खर्च गरेको थियो । ब्यास गाउँपालिकाले समेत छाङरु तिंकर गाउँ जोड्ने बाटोमा बर्षेनी लाखौ बजेट खर्च गर्ने गरेको छ । तर भारतले धार्चुला लिपुलेक सडकमा विस्फोट गर्दा नेपालले करोडौ खर्च लगाएर बनाएको बाटो क्षतविक्षत बनेको छ ।