दार्चुुलामा सामूहिक बलात्कारको अभियोगमा दुईमध्ये एक जनालाई सफाइ

0
703

दार्चुला, साउन १२ गते ।
जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोगमा दुईमध्ये एक जनालाई सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको छ । पीडितले प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै भेटिएका थिए । उनकै कोठामा तीन दिनसम्म पीडितमाथि जबरजस्ती करणी भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय, दार्चुलाले पनि अदालतको फैसलाप्रति असन्तुष्टि जनाएको छ । जिल्लाका एक प्रहरी अधिकृतका अनुसार घटनामा दुवै कसूरदार छन्, अझ जसको कोठामा घटना भएको छ, उसैलाई सफाइ दिनु आश्चर्यजनक विषय हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताए ।

के थियो घटना ?

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार २८ पुस २०७७ मा पीडित किशोरी पनेबाँजाबाट विष्टको जीपमा चढेकी थिइन् । गाडीका सह–चालक महरले गाउँ एकैतिर भएको बताउँदै विवाह गर्ने प्रलोभन देखाएको प्रहरी बताउँछ । ‘अनेक बहानामा फकाएर उनलाई मालिकार्जुन सिमलगैरको होटलमा लगेर राखिएको थियो’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘एकदिन गोकुलेश्वरमा काम छ, २र३ गते मात्र फर्किन्छु भन्दै उनलाई होटलमा बस्न भनिएको थियो ।’ २ माघमा फेरि अर्को होटलमा लगेर प्रलोभनमा आफूसँग इच्छा विपरीत जबरजस्ती करणी गरेको पीडित युवकतीले बयानमा भनेको प्रहरीले बताएको छ । भोलिपल्ट ४ बजेतिर उनले जीपधनी समेत रहेका चालक सुरेश विष्टको डेरामा पीडितलाई लगेको पीडितको भनाइ छ । विष्टको कोठामा तीन दिनसम्म आफूमाथि जबरजस्ती करणी भएको उनले भनेकी छन् । प्रहरीका अनुसार पछिल्लो पटक जबरजस्ती करणी हुँदा सह–चालक महरा कोठामा थिएनन् । विष्टले आफू पीडितसँग बस्छु भनेपछि घर गएको उनले बयानमा भनेका छन् ।

अनलाईनखबरबाट साभार