भारतमा दाहसंस्कारमा सहभागि हुन नेपाल भारत जोड्ने पुल खोलियो

0
1479
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असार १९ गते ।
भारतको धार्चुलाका नागरिकको दाहसंस्कारमा नेपाली पक्ष सहभागि हुनका लागी नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत जोड्ने पुल खोलीएको छ ।
भारतको गरब्याङका शौका समुदायका एक जनाको मृत्यु भएकोले नेपालका शौका समुदाय दाहसंस्कारमा सहभागी हुनका लागी भारत धार्चुला गएका थिए ।
दाहसंस्कारमा सहभागि भएर करिब एक घण्टाको समयमा फर्किएको शौका समुदायका एक स्थानियले बताउनुभयो ।
सिमावर्ती क्षेत्रका मानिसहरुमा रोटी बेटीको सम्बन्ध भएकाले नेपालका चेलीहरु भारतमा र भारतका चेलीहरुको नेपालमा विबाह भएको परिबेश भएकाले यस क्षेत्रका नागरिकहरु सांस्कृतीक रुपमा एक अर्का संग नजिक रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरका अनुसार शुक्रबार नेपालमा रहेकाहरुलाई पारि जान र भारतमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन पुल खोलीएको हो ।
पुल खोलीएपछि १६ जना भारतबाट नेपाल भित्रीएको र ४० जना भारत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
भारत जानेमा एक जना नेपाली गोर्खा जवान पनि रहेको साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले बताउनुभयो ।
कोरोना प्रभावले नेपाल सरकारले गत चैत्र १० गते बाट अन्र्तराष्ट्रिय सिमानाकाहरु बन्द गरेपछि नेपाल भारत आवत जावत बन्द रहेको छ । अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउन मात्रै पुल खोल्ने गरीएको छ ।
सिमा नाका बन्द भएपछि दार्चुला र धार्चुला क्षेत्रमा विहेबारी हुने महिना बैशाख र असारमा नेपाल भारतका समुदाय विच  विवाह पनि भएको छैन ।