तीन ठाउँमा सशस्त्र प्रहरीको विओपी उद्धघाटन

1161

दार्चुला, असार १८ गते ।
सशस्त्र प्रहरीले दार्चुला जिल्लाका तीन ठाउँमा बोडर आउट पोष्ट विओपीको उद्धघाटन गरेको छ । भारत संग सिमा जोडीएका क्षेत्रहरु लेकम गाउँपालिका वडा नं ३ लाली, मालिकार्जुन गाउँपालिका वडा नं ७ जौलजिवि र ब्यास गाउँपालिकाको वडा नं २ दुम्लीङ गरि तीन ठाउँमा विहिबार विओपी उद्धघाटन गरिएको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।
विओपी उद्धघाटनका लागी सशस्त्र प्रहरी सुदुरपश्चिम प्रदेश प्रमुख डिआईजी हरीशंकर बुढाथोकी बुधबार दार्चुला आइपुगेका थिए ।



डिआइजी बुढाथोकीले मालिकार्जुन र लालीमा स्वयं उपस्थित भएर उद्धघाटन गरेका थिए भने दुम्लीङमा भिडियो कन्फ्रेन्स मार्फत उद्धघाटन गरिएको स्रोतले जनाएको छ ।
तीनवटै विओपीहरुमा सशस्त्र प्रहरी नायब निरीक्षक ( सई ) को नेतृत्वमा २०÷२० जनाहरु खटाइएको डिएसपी डम्बर बहादुर विष्टले बताउनुभयो ।

विओपीहरु उद्धघाटन पश्चात सशस्त्र प्रहरी सुदुरपश्चिम प्रदेश प्रमुख डिआईजी हरीशंकर बुढाथोकी लालीबाट बैतडीका लागी गएको डिएसपी विष्टले जानकारी दिएका छन् ।
दार्चुला जिल्लामा पछिल्लो समय छाङरु, लाली, जौलजिवी र दुम्लीङ गरि ४ ठाउँमा नयाँ सशस्त्र प्रहरीका विओपी उद्धघाटन गरीएका छन् । सिमा क्षेत्रमा सशस्त्रको उपस्थितीले सिमा क्षेत्रका बासिन्दाहरु उत्साहीत भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !