दुहुमा भालुको आक्रमणबाट एक जना घाइते

0
926
सांकेतिक तस्बीर

दार्चुला, असार २० गते ।
दार्चुलाको दुहु गाउँपालिका वडा नं १ पिपलचौरीमा भालुको आक्रमणबाट एक जना बृद्ध घाइते भएका छन् ।
पिपलचौरीको दुर्गे भवानी सामुदायीक बन क्षेत्रमा बाख्रा चराउन गएका बेला शनिबार बिहान ११ बजे तिर भालुले आक्रमण गर्दा ७० बर्षिय पुरुष धन बहादुर बमं घाइते भएको स्थानिय धन बहादुर बमंले जानकारी दिनुभयो ।
घाइतेको बायाँ हातमा भालुले छाला आउने गरि घाउ बनाएको र टाउकोमा पनि चोट लागेकोले हिकिला स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि जिल्ला अस्पत्ताल दार्चुला रेफर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।