भारतबाट आउनेहरुका लागि अब खंलगा स्थित नाका नखुल्ने

0
1451
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, साउन २७ गते ।
भारतबाट आउनेहरुका लागि अब सुदुरपश्चिम प्रदेशमा दुईवटा नाका मात्रै खुल्ने छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भारतबाट भित्रिनेहरुका लागि देशैभरीका १० वटा नाका मात्रै तोकेको सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएको छ । जसमध्ये काकडभिट्टा, रानी, मावध, गैर, विरगञ्ज, बेहलिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका भारतबाट आउने नागरिकहरुले प्रयोग गर्न पाउनेछन् ।
विगतमा सरकारले दार्चुलाको खलंगा स्थित नाका पनि तोकेको थियो । तर सोमबार बसेको मन्त्रीपरिषदले दार्चुला नाका नतोकेपछि बन्द रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एबं साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो । सोमबारको मन्त्रीपरिषदको निर्णय अनुसार नाका नखोल्ने बारे गृह मन्त्रालयबाट औपचारीक पत्र आएको नआएको उहाँको भनाई छ । ’विगतमा सरकारले खलंगा स्थित नाका तोकेकाले स्थानिय प्रशासनहरुले समन्वय गरेर खोल्न पाउने निर्देशन थियो, त्यसैले नाका आवस्यक परेका बेला खुलेको थियो‘ उहाँले भन्नुभयो ।