पूर्ण रुपमा घर क्षती भएका पाँच घरपरिवारलाई प्रति परिवार एक लाख राहत दिइने

0
802

दार्चुला, साउन २७ गते ।
दार्चुलाको महाकाली नगरपालिकाले नगरपालिका क्षेत्रमा बर्षादको समयमा पूर्ण रुपमा घर क्षती भएका पाँच घरपरिवारलाई प्रति परिवार एक/एक लाख राहत दिने भएको छ । मंगलबार नगरप्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले उक्त राहत दिने निर्णय गरेको महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीले जानकारी दिनुभयो ।
गत साउन ४ गते महाकाली नगरपालिका वडा नं १ श्रीबगढमा एक घर पहिरोका कारण पुर्ण रुपमा क्षती भएको थियो भने साउन १७ गते वडा नं दुई मुल्लामा ४ घर पहिरोका कारण पुर्ण क्षती भएका थिए ।
साथै नगरकार्यपालिकाले नगरप्रमुख रोजगार कार्यक्रम सञ्चालन कार्यविधि र सुफत मुल्य पसल सञ्चालन तथा ब्यवस्थापन कार्यविधि पारित गरेको छ भने महाकाली माल निर्माणका लागि नगर विकास कोष समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।