भारतको राहत शिविरमा किरिया बसेका बासुदेबलाई नेपाल ल्याइयो

0
1083

विरा दत्त भट्ट, दार्चुला ।
भारतको धार्चुलास्थित बलुवाकोटको राहत शिविरमा किरीयामा बसेका शैल्यशिखर नगरपालिकाको वाड नं १ का बासुदेव भट्ट नेपाल फर्किएका छन्।
घरमा आमाको निधन भए पनि लकडाउनले सीमा बन्द हुँदा उनी ६ दिन देखी बलुवाकोटमा रहेको राहत शिविरमा नै किरिया बसेका थिए ।
आइतबार दिउसो २ बजे तिर महाकाली नगरपालिका ९ दत्तु स्थित नेपाल भारत जोड्ने पुलबाट नेपाल ल्याइएको साहक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
भारतमा मजदुरी गर्न पुगेका भट्ट लकडाउन भएपछि उतै अलपत्र परेका थिए । उनको आमाको गत मंगलबार साँझ हृदयघातका कारण निधन भएको थियो ।