कोरोना परीक्षण गरिएका दार्चुलाका ४ सय ५९ जनाको रिर्पाेट नेगेटिभ

0
845

डिफेक्ट नमुना भएका एक जना आरडिटी परिक्षण गर्न अटेर गर्दै

विरा दत्त भट्ट, दार्चुला ।

गत चैत्र २९ गते कोरोना परिक्षणका लागी स्वाब संकलन गरिएका दार्चुलाका ४ सय ५९ जनाको अन्तीम रिर्पाेट आएको छ । स्वाब संकलन कुल ४ सय ६० जनाको गरिएको भएपनि शैल्यशिखर नगरपालिका वडा नं ६ घर भएका एक जनाको नमुना डिफेक्ट भएको र आरडीटी परिक्षणका लागी अटेर गर्दा सबै जनाको अन्तीम रिर्पाेट आउन नसकेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । शैल्यशिखरको वडा नं ६ का रिर्पाेट डिफेक्टीभ आएका एक जनाको आरडीटी परिक्षणका लागी किट समेत नगरपालिकालाई उपलब्ध गराएको उहाँको भनाई छ ।
शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टका अनुसार वडा नं ६ का नमुना डिफेक्टीभ भएका एक जनालाई जाचँका लागी पटक पटक स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेपनि आउन अटेर गरेकाले सोमबार सम्म घरमै पुगेर परिक्षण गर्ने तयारी भइरहेको छ ।
कारोना परिक्षणका लागी अपिहिमाल गाउँपालिकामा ६ जना, मार्मा गाउँपालिकामा १ सय ३९ जना, नौगाड गाउँपालिकामा ४५ जना , शैल्यशिखर नगरपालिकामा ६३ जना, मालिकार्जुन गाउँपालिकामा १६ जना, लेकम गाउँपालिकामा ४ जना , दुहु गाउँपालिकामा ३८ जना, ब्यास गाउँपालिकामा ३८ जना र महाकाली नगरपालिकामा १ सय ११ जनाको स्वाब संकलन गरिएको थियो ।

कोरोना परीक्षणको नतिजा हेर्नुहोस ।