भारतको भन्दा उत्तराखण्डको प्रतिव्यक्ति आय बढी

0
2357

आर्थिक सम्वृद्धितर्फ अग्रसर छिमेकी भारतको भन्दा उत्तराखण्ड राज्यको प्रतिव्यक्ति आय ६१ हजार भारु बढी रहेको छ । हालै मात्र सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार उत्तराखण्डको प्रतिव्यक्ति आयमा १० प्रतिशतले वृद्धि भएको छ ।

हाल उत्तराखण्ड राज्यमा प्रतिव्यक्ति वार्षिक आम्दानी १ लाख ७३ हजार ८ सय २० भारतीय रुपैयाँ पुगेको छ । उत्तराखण्ड सरकारका अर्थ तथा संख्या निर्देशक सुशील कुमारले राष्ट्रिय आय अनुभाव तथा केन्द्रीय सांख्यिकी कार्यालयका अधिकारीसंगको छलफल पछि यस्तो निस्कर्ष निकालिएको बताउनुभयो ।

विभिन्न आर्थिक गतिविधिका साथै कृषि क्षेत्रको अवस्था, राज्य सरकारको बजेट विश्लेषण, औद्योगिक र नीजिक्षेत्रका तथ्यांकलाई पनि आधार बनाएर प्रतिव्यक्ति आयबारे निस्कर्ष लिएको उहाँले जानकारी दिनुभयो । उत्तराखण्ड राज्यमा सन् २०१७–१८ मा कुल ग्राहस्थ उत्पादन २१४०२२ करोड पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्षभन्दा ११ दशमलव ५४ प्रतिशतले कुल ग्राहस्थ उत्पादनमा वृद्धि हुने जनाइएको छ ।

चालु वर्षमा उत्तराखण्डमा ६ दशमलव ७९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । भारत भरीमा प्रतिव्यक्ति आय १ लाख १२ हजार ८ सय ३५ भारु हुँदा उत्तराखण्डमा ६१ हजार भारु बढी प्रतिव्यक्ति आय पुगेको छ ।

आर्थिक वृद्धिदरमा पनि उत्तराखण्ड अगाडि

भारतको राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा उत्तराखण्डको वृद्धिदर बढी रहेको छ । प्रतिव्यक्ति आयका साथै आर्थिक वृद्धिदरमा पनि उत्तराखण्ड राज्यले भारतलाई पछाडि पारेको छ । चालु वर्ष २०१७–१८ मा भारतको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशत हुने बताइएको छ । उत्तराखण्डमा भने ६ दशमलव ७९ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ ।

वर्ष २०१५–१६ मा पनि भारतको वृद्धिदर ८ प्रतिशत हुँदा उत्तराखण्डको आर्थिक वृद्धिदर ८ दशमलव ०८ प्रतिशत पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here