भरुवा बन्दुक सहित एक जना पक्राउ

0
714

दार्चुला, भाद्र २३ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा एक जना भरुवा बन्दुक सहित पक्राउ परेका छन् । नौगाड गाउँपालिका वडा नं ४ सिप्टीका बर्ष ३५ का विक्रम सिह धामीलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । अपी नम्पा संरक्षण क्षेत्र अन्र्तगत पर्ने बनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विना लाइसेन्सको भरुवा बन्दुक सहित धामीलाई सिप्टी प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको छ ।