खाद्यको चामल ढुवानीका लागि ढुवानीकर्ता कम्पनी छनोट

799

दार्चुला, भाद्र २३ गते ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले डिपो र वितरण केन्द्रका लागि खाद्यान्न ढुवानीकर्ता कम्पनी छनोट गरेको छ । देशभर रहेका वितरण केन्द्रहरुमा चामल ढुवानीका लागि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले गत असार १६ गते टेण्डर प्रकाशित गरेको थियो । जसमध्ये दार्चुलाको खण्डेश्वरी डिपो र राप्ला वितरण केन्द्रका लागि शिखर मालिकार्जुन ढुवानी सेवा छनोट गरिएको छ भने छाङरु वितरण केन्द्रका लागि ठेक्का मेरो कन्सट्रक्सन र सुन्सेरा डिपोका लागि दोगडाय दृष्टी निर्माण सेवाले ढुवानीको जिम्मा पाएका छन् ।
न्युनतम दर कबोल गर्ने उक्त कम्पनीका बोलपत्रहरु स्वीकृतीका लागि छनोट गर्ने निर्णय गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
खाद्यका दार्चुला जिल्लामा तिन वटा डिपो र दुई वटा वितरण केन्द्र रहेका छन् ।
चालु आर्थिक बर्षबाट नेपाल सरकारले ब्यास गाउँपालिकाको छाङरु र राप्लामा खाद्यका नयाँ वितरण केन्द्रहरु थपेको थियो । सोहि अनुसार दार्चुला सदरमुकामबाट भौगोलिक हिसाबले विकट क्षेत्रमा रहेका यी दुई ठाउँमा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले खाद्यान्न आपुर्ती गर्न लागेको हो ।
दार्चुलामा ब्यास गाउँपालिकाको सुन्सेरा, मार्मा गाउँपालिकाको पारिबगड र अपीहिमाल गाउँपालिकाको खण्डेश्वरीमा विगत देखि नै खाद्यका डिपोहरु सञ्चालनमा रहेका छन् ।
चालु आर्थिक बर्षमा खण्डेश्वरीमा दुई हजार क्वीनटल, सुन्सेरामा हजार क्वीनटल, पारिबगडमा ८ सय क्वीनटल र राप्ला र छाङरुमा ५–५ सय क्वीनटल खाद्यान्न ढुवानीका लागि टेण्डर आव्हान गरिएको थियो ।

यो पनि पढ्नुहोसः छाङरु र राप्लामा खाद्यको नयाँ विक्री केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस् !