ब्यास ३ मा रहेका पहिरोको विस्तृत अध्ययन गरिने

0
726

दार्चुला, फागुन १३ गते ।
ब्यास गाउँपालिकाको वडा नं ३ मा रहेका पहिरोहरुको रोकथामका लागि विस्तृत अध्ययन गरिने भएको छ । वडाहरुमा रहेका पहिरोहरुको ब्यवस्थापनका लागि डिपिआर गरि बजेट उपलब्ध गराउन ब्यास गाउँपालिका वडा नं ३ ले जोखिमयुक्त पहिरो ब्यवस्थापन आयोजना पुल्चोक ललितपुरलाई अनुरोध गरेको छ ।

 वडाध्यक्ष उपेन्द्र सिह धामीले जोखिम युक्त पहिरो ब्यवस्थापन आयोजना पुल्चोक ललितपुरको कार्यालयमा गएर डिपिआर गरि आवस्यक बजेट विनियोजन गर्न पहल गरेका छन् । वडा नं ३ को तुसरपानी, सल्याडी, गोइला र तातोपानी, पुरते पहिरोको अध्यन गरि ब्यवथापन गरिने वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभएको छ । पहिरोका कारण वडा नं ३ क्षेत्रमा ठुलो क्षती भइरहेकाले विस्तृत अध्ययन गरि पहिरोको ब्यवस्थापन गरि त्रासमुक्त बताबरणमा जनताहरुलाई जिवनयापन गर्ने बताबरणको सिर्जना गर्न पहिरोको रोकथाम गर्न आवस्क रहेको उहाँको भनाई छ । पहिराले राम्रो उब्जनी हुने खेतहरु समेत पुरीरहेकाले निकट भविष्यमा खाद्यान्नको अभाव हुन सक्ने अवस्था रहेकाले आफ्नो वडाभित्र रहेका पहिरोहरुको ब्यवस्थान गर्न आफुले भरपुर प्रयास गर्ने उहाँको भनाई छ । सरकारबाट बजेट प्राप्त भएमा यसै आर्थिक बर्षमा नभए अर्काे आर्थिक बर्षमा वडा नं ३ का पहिरोहरु अध्ययन गर्ने जोखिमयुक्त पहिरो ब्यवस्थापन आयोजना पुल्चोक ललितपुरले जानकारी दिएको वडाध्यक्ष धामीको भनाई छ ।