हुनैनाथ मावि रातामाटाको बार्षिकोत्सब सम्पन्न

0
940

दार्चुला, फागुन १३ गते ।
लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनौनाथ माबि रातामाटा को ५३ औ बार्षीक उत्सब तथा अबिभाबक दिवस आज सम्पन भएको छ । बुधबार उद्धघाटन गरिएको कार्यक्रमको आज समापन गरिएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश दत्त जोशीको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा लेकम गाउँपालीका अध्यक्ष प्रमानन्द जोशी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बुधबार आधारभुत बिद्यालय स्तरीय १ देखि ८ कक्षा सम्मको हाजिर जाबाफ प्रतियोगितामा गरिएको छ । प्रतियोगितामा हुनैनाथ मावि राटामाटा प्रथम भएकोछ भने एडिबाग मावि द्धितिर तथा आधारभुत विद्यालय बुढाकोट तृतीय भएको छ । बार्षिकोत्सब कार्यक्रमको दोस्रो दिन आज भलिबल प्रतियोगीताको आयोजना गरिएको थियो । भलिबल छात्र तर्फ हुनैनाथ माबि राटामाटा प्रथम, गल्लाकेदार माबि खरकडा द्धितिय तथा ऐडिबाग मावि मैखोलीले तृतीय स्थान हासिल गरेको स्थानिय बासुदेब जोशीले जानकारी दिनुभयो । यस्तै छात्रा भलिबल तर्फ हुनैनाथ मावि राटामाटा प्रथम, गल्लाकेदार मावि खरकडा द्धितिय तथा ऐडीबाग माबि मैखोलीले तृतीय स्थान हासिल गरेको विद्यालयका प्रधानाध्यापक श्याम राज जोशीले जानकारी दिनुभएको छ । बार्षिकोत्सब कार्यक्रममा छिमेकी ११ वटा विद्यालयहरुका साथै विद्यार्थी, अभिभाहक, शिक्षक लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।