पिथौरागढको आवलाघाट खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

870

दार्चुला, फागुन १३ गते ।
भारतको पिथौरागढमा सञ्चालित आवलाघाट खानेपानी आयोजना अन्तिम चरणमा रहेको छ । पिथौरागढ नगरपालिकाको लागि बनिरहेको खानेपानी आयोजना मार्च महिना सम्म सम्पन्न हुन सक्ने भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

त्यस क्षेत्रमा भइरहेको सडक निर्माणका कारण निर्माणधिन खानेपानी आयोजनामा बेला–बेला क्षती पुग्ने गरेको छ सडक निर्माणका क्रममा निर्माणधिन खानेपानी आयोजनामा क्षती भएपनि सडक निर्माण गरिरहेको कम्पनीले खानेपानी आयोजनालाई योजना निर्माणका लागि बजेट उपलब्ध गराएको थियो । करिब ७५ करोड बजेटमा निर्माण भइरेको १२ एमएलडिको आवलाघाट खानेपानी आयोजनाबाट पिथौरागढ बजारमा हाल ६ एमएलडी खानेपानी प्राप्त भइरहेको छ । पिथौरागढमा थप तीन एमएलडी खानेपानी आपुर्तीका लागि खानेपानी आयोजनाले हाल नयाँ ट्याङ्की निर्माण गरिरहेको छ । निर्माण सम्पन्नको क्रममा रहेको उक्त ट्याङ्कीबाट पिथौरागढमा थप तीन एमएलडी खानेपानी आपुर्ती हुनेछ । आवलाघाट खानेपानी आयोजनाको तेस्रो ट्याङ्कीको निर्माण भइरहेको र मार्च महिना सम्म निर्माणकार्य सम्पन्न हुने जल निगम पिथौरागढका प्रमुख आरएस धर्मशक्तुको भनाई छ ।

घाट खानेपानी आयोजनामा पनि सडककै कारण क्षती

पिथौरागढ क्षेत्रमा खानेपानी आपुर्ती गरिरहेको घाट खानेपानी आयोजना पनि सडक निर्माणकै कारण क्षती भएको छ । अलबेदर सडक निर्माणका क्रममा पिथौरागढका लागि बनिरहेको ६ एममएलडीको घाट खानेपानी आयोजना ठाउँठाउँमा क्षती पुगेको थियो । यसको पनि पुन निर्माणका लागि सडक विभागबाट ३३ लाख बजेट दिइएको थियो । जलसंस्थानको लापरवाहीका कारण उक्त योजनाको काम पनि सुस्त गतिमा निर्माण भइरहेको छ । एसियाकै सबै भन्दा ठुलो पम्पीङ खानेपानी आयोजनाको रुपमा घाट खानेपानी आयोजना सन् १९८० मा पिथौरागढ बजारमा खानेपानी आपुर्तीका लागि निर्माण गरिएको थियो । घाटमा ४ सय ५४ मिटर उचाइमा बग्ने सरयु नदीबाट १५ सय ७५ मिटर उचाइमा रहेको पिथौरागढको हनुमान मन्दि सम्म खानेपानी चार पम्पको माध्ययमबाट पुगाइएको थियो । सडक निर्माणका कारण घाट पेयजल योजना ध्यवस्त भएको र छिट्टै पुर्ननिर्माण सम्पन्न गरिने जल संस्थान पिथौरागढका प्रमुख अशोक कुमारको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !