ब्यास क्षेत्रको विकास बारे छलफल

0
756

दार्चुला, भाद्र ३१ गते ।
ब्यास क्षेत्रको समग्र विकास बारे छलफल गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सह–आयोजनामा बुधबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षमा ब्यास क्षेत्रका लागि विनियोजन गरेको बजेट कार्यान्वयन र विषेश गरि ब्यास गाउँपालिकाको वडा नं १ क्षेत्रको विकासका लागि छलफल केन्द्रित गरिएको दार्चुला बहुमुखी क्याम्पस दार्चुलाका क्याम्पस प्रमुख कृष्ण सिह साउदले जानकारी दिनुभयो ।
भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पीयाधुरा र कालापानी क्षेत्र पर्ने ब्यास गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारले ब्यास क्षेत्रको भौगोलिक लगायत समग्र अवस्था बारे जानकार ब्यक्तिहरुसंग छलफल गरेको हो ।
भारतको निरन्तर अतिक्रमणमा परेको र विकासका दृष्टीले पछि परेको ब्यास गाउँपालिकाको विकासका लागि आजको बैठकले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई विभिन्न सुझाव दिएको छ ।
शिक्षा, स्वास्थ्य, घोरेटो, विद्यालय, खानेपानी, पर्यटन, भौतीक निर्माण, प्रशासनिक, सुरक्षा पहुच, उद्यमशीलता, पर्यटन, आदी क्षेत्रको विकासका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नितीगत योजना सहित बजेट विनियोजन गर्नुपर्ने आजको बैठकले सुझाव दिएको क्याम्पस प्रमुख साउदले बताउनुभयो ।
घोरेटो बाटो निर्माण लगायतका विकास निर्माणका कार्यहरुमा प्रदेश र स्थानिय सरकारका योजनाहरु जुध्ने भएकाले त्यस विषयमा पनि कार्यक्रममा सुझाव दिइएको उहाँले बताउनुभयो ।
पर्यटन प्रबद्र्धनका लागि विश्राम गृहका साथै ब्यासी शौका समुदायको संसकृतीको संग्रहालय निर्माण गर्नुपर्ने, सिमा प्रशासन कार्यालय सञ्चालन, तिंकर र छाङरुमा हेलिप्याड निर्माण, तिंकर नाकालाई बैधानिकता दिई सुचारु गर्नुपर्ने, अध्यागमन विभागको स्थापना, ॐ पर्वत देखिने स्थानबाट पर्यटन प्रबद्र्धनका लागि भौतीक विकास, तिंकरमा खानेपानी र तत्काल सञ्चार सेवा सञ्चालन ल्याइनुपर्ने तथा जडिबुटी, सडक निर्माणमा जोड लगायतका कार्यहरु गर्न सुझाव दिइएको छ ।
कार्यक्रममा उठेका र सुझाव प्राप्त भएका विषयहरु सामाजिक मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका पक्षहरु सम्बोधनको  प्रयास गर्ने र अधिकार क्षेत्र बाहिरका पक्षहरु सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराउने मन्त्रालयका प्रतिनिधिहरुले आश्वासन दिएको क्याम्पस प्रमुख साउदले बताउनुभयो ।
मन्त्रालयका प्रतिनिधि जयदेब महराको अध्यक्षतामा गरिएको कार्यक्रममा ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस दार्चुलाका जिल्ला सभापति ललित सिह बोहरा, ब्यास गाँउपालिका वडा नं १ का वडाध्यक्ष असोक सिह बोहरा, क्याम्पसका उप–प्राध्यापक माधव प्रसाद अवस्थी, ब्यास गाउँपालिका वडा नं १ घर भएका प्रअहरु सुकुन्दर बुढाथोकी, चमक सिह तिंकरी, मन्त्रालयका प्रतिनिधी राधाकृष्ण जोशी र क्याम्पसका साहयक प्राध्यापक आन सिह डडालको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन दार्चुला बहुमुखी क्याम्पसका उप–प्राध्यापक धाना धामीले गर्नुभएको थियो ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनगर गर्दै छलफल कार्यक्रम भौतीक दुरी कायम गरि सञ्चालन गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको थियो ।