नयाँ युवा नयाँ सोचको बाजुरा इकाई गठन

1413

भाद्र ३१ गते । गैर राजनैतीक युवा संस्था नयाँ युवा नयाँ सोच, नेपालको सुदुरपश्चिम प्रदेशको छैटौँ जिल्ला इकाइको रुपमा बाजुरा जिल्ला इकाइ गठन गरिएको छ ।
सुदुरपश्चिममा हालसम्म कैलाली, डोटि, अछाम, दार्चुला तथा वैतडी मा इकाइ गठन भैसकेको छ भने अन्य जिल्लाहरुमा इकाइ गठनको तयारिमा रहेको दार्चुला इकाईका अध्यक्ष सन्तोष सिह ठगुन्नाले जानकारी दिए ।
केशव बोहोराको अध्यक्षतामा बुधबार गठन भएको बाजुरा इकाइमा ११ जनाको कार्यसमिति र १४ जना बाँकी साधारण सदस्यहरु सहित २५ सदसिय समिति गठन गरिएको छ ।
कोरोना माहाव्याधीले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्थाले आफ्नो सकृयता नियमित राख्दै अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम ,संगितिक बसाई ,साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ ।
नव गठित इकाइ बाजुरालाई वधाइ तथा शुभकामना ज्ञापन गर्दै संस्थाले “नयाँ इकाइ गठन सँगै नयाँ जिल्ला इकाइ तथा पदाधिकारिहरुको आगमनले संस्थाको सकृयता अझै बढ्ने र समाजको निम्ति युवाहरुले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउँदै यो जटिल समयमा अझै युवाहरुको सकृयता को आवश्यकता भएकाले सोहि अनुरुप पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिँदै नयाँ कार्यक्रम हरु पनि थप्दै अघि बढ्ने संस्थाका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !