ब्यासमा हेलिकोप्टर मार्फत चामल ढुवानी

594

दार्चुला, असोज १७ गते ।
दार्चुलाको ब्यास गाउँपालिकामा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी भइरहेको छ ।

सडक सञ्जालले नजोडेको ब्यास गाउँपालिकामा खाद्यान्नको अभाव भएपछि ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले गत भाद्र २ गते गृह मन्त्रीलाई भेटेर खाद्यान्न ढुवानीको माग गरेका थिए । भारतीय बजारबाट तुईन मार्फत खाद्यान्न आपुर्ती हुने ब्यासका गाउँमा यस पटक जयसिह धामी प्रकरण पछि भारतीय एसएसबीले महाकाली नदीमाथीका तुईनहरु हटाएको छ । तुईन हटाएपछि ब्यासका नागरिकले खाद्यान्नको अभाव झेलिरहेका छन् ।
गृह मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई खाद्य ढुवानीका लागि जिम्मा दिएको थियो । ब्यापार कम्पनीले एक्सेस सिपिङ्ग एण्ड एयर लजिष्टिक प्रा.लि काठमाडौं संग ढुवानी सम्झौता गरि खाद्यान्न ढुवानी भइरहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका अधिकृत कल्पना विष्टले जानकारी दिनुभयो ।
हेलिकोप्टर मार्फत वडा नं १ को छाङरुमा १ सय २५ क्विनटल र तिंकरमा ७५ क्विनटल, वडा नं २ को दुम्लीङमा ४० क्विनटल, मालमा ४० क्विनटल, राप्लामा २० क्विनटल, वडा नं ३ सिनामा १ सय क्विनटल र वडा नं ४ सुन्सेरामा २ सय क्विनटल चामल ढुवानी गरिने उहाँले बताउनुभयो ।
धनगढीबाट दार्चुला सदरमुकाम खलंगा सम्म ट्रकमा र दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत ढुवानीका लागि सम्झौता भएको छ । तर सम्झौता अनुसार दार्चुला सदमुकामबाट नभई करिब १५ किलोमिटर अगाढी दुहु गाउँपालिकाको सिलिङचौरा सम्म ट्याक्टरमा ढुवानी गरि त्यहाँबाट हेलिकोप्टर मार्फत चामल ढुवानी भइहेको छ । हेलिकोप्टर उडान सहजका लागि अघिल्लो क्षेत्र सम्म ट्याकटरमा लगेर ढुवानी भइरहेको बुझिएको ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले बताउनुभयो । ढुुवानी गरिएको चामल दशै अघि नै ब्यासका जनतालाई बाडिने अध्यक्ष बुढाथोकीले बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !