मालिकार्जुनमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा उद्धघाटन

0
494

दार्चुला, असोज १७ गते । 

मालिकार्जुन गाउँपालिका वडानम्बर ३ प्रेमनगरमा शाखा रहित माछापुच्छ्रे बैंकको शनिबार उद्घाटन गरिएको छ ।

माछापुच्छ्रे वैंक सुदुरपश्यिम प्रदेश प्रमुख हरि ऐर, दार्चुला शाखाका प्रवन्धक नरेन्द्र बोहराको उपस्थितिमा शाखा रहित बैंकको उदघाटन गरिएको हो ।
गाउँघरमा रहेका व्यक्तिहरुलाई वैकीङ प्रणालीमा बचत, जम्मा, फिर्ता र नयाँ खाता संचालनमा सहजता ल्याउन शाखा रहित बैकीङ कारोवार संचालन गरेको माछापुच्छ्रे बैँंक सुदुरपश्यिम प्रदेश प्रमुख हरि ऐरले बताउनु भएको छ । शाखारहित बैंकबाट रेमिटेन्स सेवा समेत उपलब्ध गराउने उहाँले बताउनुभयो ।
पदमसिह धामीको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रमममा वडानम्बर ३ का कार्यवाहक वडाअध्यक्ष कल्यानसिह सामन्त,नेपाल पत्रकार महासंघ दार्चुलाका निर्वतमान अध्यक्ष शंकरसिह धामी, राजनितिक दलका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको शाखा रहित बैँकीङ संचालक गणेशसिह धामीले जानकारी दिनुभएको छ ।