काङग्रेसबाट निर्वाचित वडाध्यक्ष धामी एमालेमा प्रबेश

0
1040

दार्चुला, असोज १७ गते ।
दार्चुलामा नेपाली काङग्रेसबाट निर्वाचित एक जना वडाध्यक्षले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ब्यास गाउँपालिका वडा नं ५ मा नेपाली काङग्रेसबाट चुनाव जितेका वडाध्यक्ष मंगल सिह धामीले नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले ब्यासका सचिव नारद दत्त भट्टले जानकारी दिनुभयो । वडाध्यक्ष मंगल सिह धामी नेकपा एमालेको विधान महाधिबेशनमा ब्यास गाउँपालिका वडा नं ३ सीनाका वडाध्यक्ष उपेन्द्र सिह धामी लगायत संग काठमाण्डौ पुगेका थिए । काठमाण्डौँमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले वडाअध्यक्ष धामीलाई एमालेमा स्वागत गरेको वडाध्यक्ष धामीले बताउनुभयो । वडाध्यक्ष धामीले महाधिबेशन स्थलमै एमालेमा प्रबेश गरेको वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिनुभयो । वितगमा शिक्षक संगै कम्युनिष्ट राजनीतिमा रहेका मंगल सिह धामी स्थानिय निर्वाचनमा काङग्रेसबाट चुनाव लडेका थिए । हालै सम्पन्न काङग्रेस ब्यासको पालिका महाधिबेशनमा धामीले सभापतीको उम्मेद्धवारी समेत दिएका थिए ।