ब्यासमा एक जना मृत फेला, हत्याको आशंकामा छानविन हुँदै 

0
1094

दार्चुला, माघ ११ गते ।  

दार्चुलाको ब्यास गाउँपालिका वडा नं ४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानिय ५३ वर्षीय आनसिह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेका हुन् ।

डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा टोली खटिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घटना स्थलको अध्ययन गरि टोली फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । 

शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरि आफन्तले दाहसंस्कार गरिसकेका छन् । घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् । 

घटनाबारे जानकारी दिदै दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले भन्नुभयो ‘मृतकले ६ गते राती स्थानिय एउटा पसलमा मदिरा खाएको बुझिएको छ, बाहिरबाट हेर्दा आखिभौँमा चोट लागेको छ, हत्या भए नभएको बारे पोस्टमार्टम रिर्पाेट आएपछि थाहा हुन्छ’ ।
घटनाको छानविनका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य स्थानियहरु सँग सोधपुछ भइरहेको छ ।
शब एक जना स्थानियको घर नजिकै फेला परेको बताइएको छ । 

ब्यास गाउँपालिकामा स्थानीय मदिरा खुला रुपमा बिक्री वितरण हुने गरेकाले पछिल्लो समय झै झगडा तथा हिंशाजन्य घटनाहरु बढ्दै गइरहेका छन् ।