महाकाली नगरपालिकामा ४४ जना कोरोनाका सक्रिय संक्रमित, तीन पालिकामा शुन्य

0
451

दार्चुला, माघ ९ गते । 

आइतबार दार्चुलामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाभरि विभिन्न स्थानमा गरिएको परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङ्क सहायक खगेन्द्र कार्कीले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल दार्चुलामा ८ जनामा गरिएको कोरोना परिक्षणमा ४ जना, पुलघाट नाकामा १० जनामा गरिएको कोरोना परिक्षणमा ३ जना, गोकुलेश्वर अस्पतालमा ३ जनामा गरिएको परीक्षणमा १ जना, अपीहिमाल गाउँपालिकामा १ जनामा गरिएको परीक्षणमा १ जना, मार्मा गाउँपालिकामा १ जनामा गरिएको परीक्षणमा १ जना र मालिकार्जुन गाउँपालिकामा ८ जनामा गरिएको परिक्षणमा ४ जनामा गरि जिल्ला भरि १४ जनामा कोरोना पुष्टि भएको कार्कीले बताउनुभयो । पुलघाट नाकामा जिल्ला भरि वा जिल्ला बाहिरका नागरिकहरुको समेत कोरोना परिक्षण हुने भएकाले नगरक्षेत्रमा सक्रिय सङ्क्रमितको संख्या बढी देखिएको हो । 

यो संगै दार्चुलामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ७३ पुगेको छ । कोरोनाको तेस्रो लहर आएयता दार्चुलामा ८७ जनामा कोरोना संक्रमण भएको छ भने १४ जनाले हाल सम्म कोरोना जितेका छन् । सबैभन्दा बढी संक्रमित महाकाली नगरपालिकामा ४४ जना पुगेका छन् । त्यसैगरी शैल्यशिखर नगरपालिकामा सक्रिय संक्रमित ६ जना अपीहिमाल गाउँपालिकामा ७ जना, दुहुँ गाउँपालिकामा १ जना, मार्मा गाउँपालिकामा १ जना र मालिकार्जुन गाउँपालिमा १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ । दार्चुलामा हाल शून्य संक्रमित ब्यास गाउँपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिका रहेका छन् ।