ब्यासको तिंकर र दुम्लिङमा खाद्य विक्रिकेन्द्र स्थापना गर्न माग

0
970

दार्चुला, साउन १८ गते ।
दार्चुलाको ब्यास गाउँपालिकाको दुई विकट तथा त्रिदेशीय सीमा क्षेत्रका बस्तीहरुमा खाद्य विक्रि कन्द्र स्थापना गर्न माग गरिएको छ ।

त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्यासको वडा नम्बर १ तिंकर र वडा नम्बर २ को दुम्लिङमा खाद्य विक्री केन्द्र स्थापनाको माग गर्दै गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी तथा नेपाली काङग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले सोमबार नेपाल खाद्य संस्थान तथा विक्रि वितरण प्रधान कार्यालय काठमाण्डौका प्रमुखलाई माग पत्र बुक्राएका छन् । साथै छाङरुको खाद्य विक्रि केन्द्रका लागि आर्थिक बर्ष २०७७/७८ मा स्विकृत ५ सय क्वीनटल चामल बाटो अवरुद्ध हुदाँ हाल सम्म ढुवानी नभएकाले उक्त क्षेत्रमा खाद्यान्न अभावको सिर्जना भएको गाउँपालिका अध्यक्षले कार्यालयलाई जानकारी गराएका छन् । कालापानी नजिकको उक्त गाउँहरुमा तत्काल हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानीको ब्यवस्था गर्न आफुले माग गरेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । हाल ब्यास गाउँपालिको सुन्सेरामा खाद्यन्नको डिपो सञ्चालनमा रहेको छ भने राप्ला र छाङरुमा खाद्यको वितरण केन्द्र सञ्चालनमा रहेको छ ।