सात महिना पश्चात् छाङरुको फोन सेवा सुचारु

0
790
फाईल फोटोः छाङरुमा रहेको स्काई टावर र नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ

दार्चुला, साउन १८ गते ।
त्रिदेशीय सीमा ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा सात महिना पश्चात् टेलिकमको स्काई टावर सुचारु भएको छ ।

गत हिउद देखि अवरुद्ध ब्याँसको छाङरु टेलिकम टावर साउन दोस्रो साताबाट सुचारु भएको वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनु भयो । हिउँदमा हिमपातका कारण टावर क्षतिग्रस्त भएको टावर नेपाल टेलिकम दार्चुलाका प्रमुख लगायतका टोलिले मर्मत गरेपछि सञ्चालनमा आएको हो ।  सौका समुदाय खलंगा झरेका बेला हिउँदमा हिमपातका कारण छाङरुको स्काई टावर क्षतिग्रस्त भएकाले उक्त क्षेत्र सञ्चार विहीन बनेको थियो । आधा वर्षभन्दा बढी समयसम्म अबरुद्ध रहेको छाङरुको टेलिकम टावर साउन १२ गते मर्मत गरेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताउनुभयो । घाम नलागेका कारणले एक दुई दिन पछि टावर सञ्चालनमा आएको थियो । दार्चुला सदरमुकाम खलंगाबाट छाङरु पुगेर टावर मर्मत गर्न र फिर्ता हुन १३ दिने लागेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।
छाङरुमा फोन सेवा सुचारु भएपनि उक्त टावरले तिंकर गाउँमा काम नगर्ने हुदाँ तिंकरका बासिन्दा फोन सेवाबाट बञ्चीत नै छन् । तिंकरका बासिन्दालाई समेत फोन सेवा दिनका लागि टावर निर्माण गर्न सर्बे गरेको वडाध्यक्ष बोहराको भनाई छ । तिंकरमा सञ्चार पहुँच पु¥याउन पहल भइरहेको उहाँको भनाई छ ।