बाढी पहिरोले दुहूँ र ब्याँस गाउँपालिकाको विद्युत् अवरुद्ध

0
600

दार्चुला, भाद्र १८ गते ।
दार्चुलाको दुहूँ गाउँपालिका तथा महाकाली नगरपालिका वडा नम्बर १ को श्रीबगड क्षेत्रमा क्षति पु¥याएको बाढी पहिरोले विद्युत् सेवा पनि अवरुद्ध पारेको छ ।


भाद्र १३ गते राती दुहूँ गाउँपालिका सबैभन्दा बढी क्षति गरेको बाढी पहिरोले सोही दुहूँ र ब्याँस गाउँपालिकाको विद्युत् सेवामा पनि क्षति पु¥याएको छ । दुहूँ गाउँपालिकामा रहेको कालाडागाड लघु जलविद्युत् योजना पनि बाढी पहिरोले बगाएको स्थानीय जयबहादुर बमले बताउनु भयो । स्थानीय जलविद्युत् बाढीले बगाएको र राष्ट्रिय प्रसारण लाईन पनि अबरुद्ध रहेकाले अन्धकारमा बस्न बाध्य भएको स्थानीय बमको भनाई छ ।
स्थानीय लघु जलविद्युत् बाढी पहिरोले बगाएकाले राष्ट्रिय प्रसारण लाइन तत्काल सुचारुका लागि पहल गर्ने गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । बाढी पहिरो पीडितहरुको राहत उद्वारका लागि गाउँपालिकाबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चलाले पनि शुक्रबारसम्म बत्ती बल्नसक्ने जनाएको छ । महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगड क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा क्षति पु¥याएको छ । त्यो भन्दा माथिल्लो क्षेत्रमा पनि बाढी पहिरोले क्षति गरेकाले भाद्र १३ गते रातिदेखि नै विद्युत् सेवा बन्द रहेको वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रबाट आवश्यक सामग्री ढुवानी गरि प्राविधिकहरुको टोलीले प्रसारण लाइन मर्मत गर्ने कार्य गरिरहेका छन् । श्रीबगड बगड क्षेत्र र माथिल्लो क्षेत्रमा पनि प्राविधिकहरुको टोलीले मर्मत गरिरहेकाले शुक्रबारसम्म बत्ती बल्ने वितरण केन्द्र दार्चुलाले जनाएको छ ।