बालयौन दुब्र्यवहारको आरोपमा एक जना पक्राउ

0
697
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, भाद्र १८ गते ।
दार्चुलामा बालयौन दुब्र्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् ।

भदौ १५ गते राती मार्मा गाउँपालिका ६ पत्थरकाडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा यौन दुब्र्यहार गरेको आरोपमा नौगाड गाउँपालिका ४ सिप्टीका स्थानिय बर्ष २५ का महेशसिह ठगुन्ना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो । पिडित बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरि अनुसन्धानका लागि विहिबार ठगुन्नालाई प्रहरी नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । स्थानिय बालिका पत्थरकाडामा गौरा पर्व हेरेर राती साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुब्र्यहार गर्न खोजेको आरोप छ । जाहेरीका आधारमा बालयौन दुरुपयोग अन्र्तगत मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । दोषि ठहर भएमा २० हजार जरिवाना र ३ बर्ष जेल सजाय हुने कानुनि ब्यवस्था रहेको प्रहरी निरीक्षक चन्दको भनाई छ ।