बर्खेबाली भित्र्याउने बेला परेको पानीले किसान समस्यामा

693
फाइल फोटो

दार्चुला, कात्तिक १ गते ।
बर्खेबाली भित्र्याउने बेला भएको बर्षाका कारण दार्चुलाका किसानहरु समस्यामा परेका छन् ।

दार्चुलाको लेकम क्षेत्रमा बालि काटिसकेपनि सुकाउन बाकि छ भने सुकाउन काटेको घाँस बर्षादका कारण विग्रिरहेको कृषकहरुले गुनासो गरेका छन् । मार्मा, दुहु र ब्यास क्षेत्रमा बालि भित्र्याउन लागेका बेला बर्षा भएपछि समस्या भएको कृषकहरुले गुनासो गरेका छन् । पाकेको मकै, भटमास, सिमि लगायतका बालिहरु भित्र्याउने समयमा बर्षा भएपछि कृषकहरु समस्यामा परेको ब्यासका स्थानिय पत्रकार मान सिह कुवरले बताउनुभयो । किसानहरुले हिउँदमा गाईबस्तुका लागि घासँ काटेर सुकाउने गरेका छन् । सुकाउनका लागि काटेको घासँ समेत बर्षादका कारण विग्रिन थालेको छ । लगातार केहि दिन थप बर्षाद भएमा पाकेको बालि तथा सुकाएको घाँस विग्रिने भन्दै कृषकहरु चिन्तित बनेका छन् ।

सर्तकता अपनाउन प्रशासनको आग्रह

निरन्तर भइरहेको बर्षादका कारण हुन सक्ने प्राकृतिक विपद्बारे सचेत रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । प्रशासनले आईतबार सूचना जारी गर्दै भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले दार्चुलाका नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । भारतको आन्द्र प्रदेश तथा ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन र चट्याङसहितको ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाको प्रकाशित मौसम पुर्वानुमान बुलेटिनको आधारमा दार्चुलाको महाकाली नदी तटिय क्षेत्रमा पानीको सतह बढ्न गइ बाढी आउन सक्ने भन्दै सार्वजनिक सुचना मार्फत सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !