भारतीय पारवहन राज्य मन्त्रीले गुञ्जी पुगेर भने– लिपुलेक सडकमा बाह्रै महिना गाडी गुढ्ने बनाउँछौ

806
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, असोज २५ गते ।
भातका केन्द्रिय सडक पारवाहन राष्ट्रिय राजमार्ग राज्यमन्त्री विके सिहँ नेपाली अतिक्रमित भूमी गुञ्जी पुगेका छन् ।

आईतबार भारतीय सेनाको हेलिकोप्टरबाट गुञ्जी पुगेका मन्त्री सिहले घट्टेबगड लिपुलेक सडकलाई बाह्रै महिना गाडी गुडाउन मिल्ने गरि सञ्चालनमा ल्याउने बताएका छन् । उहाँले सीमा सडक निर्माणको प्रगति अवलोकनका साथै विआरओका अधिकारीहरुबाट निर्माणको बारेमा जानकारी लिएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । मन्त्री सिहले भारतीय सीमा सडक संगठन विआरओका चिफ इन्जीनियर एमएनबी प्रसाद तथा कमाण्डर कर्नल एनके शर्माबाट सडक निर्माण प्रगतिका बारेमा जानकारी लिएका छन् । गुञ्जी क्षेत्रको भ्रमण सकेर मन्त्रीसिह पिथौरागढ पुगेका थिए । पिथौरागढमा पत्रकारहरु संगको कुराकानीमा उहाँले सीमाको दुर्गम क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरुको समस्यालाई मध्य नजर गर्दै बाह्रै महिना सञ्चालन गर्ने गरि सीमा सडक निर्माण गरिरहेको बताउनुभयो । सडक राम्रो भएमा यात्री तथा सुरक्षाकर्मीहरुलाई समेत राहत मिल्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !