राप्लामा झोेलुंगे र काठेपुल बगाउँदा आवत्–जावतमा समस्या

589

दार्चुला, कार्तिक ५ गते ।

व्यास गाउँपालिका वडानम्बर २ राप्लाका वाढिपहिरोले विभिन्न खोलामा निर्माण भएका झोलुंगे पुल काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।

असोज ३१ गते रातीदेखि कार्तिक २ गते रातिसम्म भएको वर्षाले राप्लाका विभिन्न खोलामा रहेका पुलहरु वगाएको हो । वर्षातले पुल संगै घोरेटो बाटो भत्कनुका साथै विभिन्न स्थानमा पहिरो खस्दा आवतजावतमा निकै कठिनाई भएको व्यास गाउँपालिका वडानम्बर २ का स्थानिय डम्बर सिह बुढाथोकीले जानकारी दिनुभएको छ ।
वाढिले फतङ्गाड झोलुंगे पुल बगाएको छ भने घट्टेखोला काठेपुल,मल्ला राप्लामा रहेको काठेपुल बगाएको स्थानिय वुढाथोकीले बताउनु भएको छ ।
त्यसैगरी बाढीपहिरोले गर्दा दुम्लीङमा ३ ओटा काठेपुल बगाएको छ भने सक्नाडीमा रहेको काठेपुल पनि बगाएको उहाँले बताउनुभयो । बाढिपहिरोले गर्दा दुम्लीङबाट राप्पा आउने र मल्ला राप्ला बाट विभिन्न ठाउँमा जाने बाटो अवरुद्ध भएको उनले बताउनुभयो ।
राप्ला बस्ने केशरसिह बुढाथोकी र राइकिसन बुढाथोकीको घरआँगन बगाएको छ भने , डम्बरसिह बुढाथोकी र कैलाश बुढाथोकीको घर अाँगनमा दरार परेको बताउनुभयो ।
स्थानिय डम्बर सिह वुढाथोकीका अनुसार वर्षाले मकैबाली राज्मा खेतबारीमा कुहिएको बताउनुभयो । अन्नबाली खेतबारीमै कुहिन थालेपछि किसानहरु चिन्तीत भएको उहाँले बताउनुभयो । मुख्य खाद्यन्न बालीको रुपमा रहेको मकैबाली र राज्मा खेतवारीमा उम्रन थालेको उनले बताएका छन् ।

पहिरोका कारण बडाली गाउँमा चार घर पुरिए

बेमौसमी वर्षाले महाकाली नगरपालिका वडानम्बर २ बडाली गाउँमा पहिरो खसेर ४ घर पुरीएका छन् । अशोज ३१ गते रातिबाट भएको वर्षाले कार्तिक २ गते बडालीगाउँमा घर माथिबाट पहिरो खस्दा जनमसिह बडाल,पदमसिह बडाल,करनसिह बडाल र जगतसिह बडालको घर पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बास व्यवस्थापनका त्रिपाल उपलब्ध गराएको पीडित परिवारले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !