प्रहरीद्धारा अबैध गाजाका बोट नष्ट

0
1647

दार्चुला, असोज २४ गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको टोलीले मालिकार्जुन गाउँपालिका वडा नं ३ मा अबैध गाजाका बोट नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्ट तथा प्रहरी निरिक्षक भास्कर चन्द लगायतको प्रहरी टोलीले शुक्रबार प्राकृतीक रुपमा उम्रिएको गाजा नष्ट गरेको हो । मालिकार्जुन गाउँपालिकाको वडा नं ३को गड्डी भन्ने स्थानमा प्राकृतीक रुपमा उम्रिएको २ सय बोट गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । नेपालमा गाजा प्रतिबन्ध भएकाले प्रहरीले गाजा नष्ट गर्ने गरेको छ । जिल्लाका अन्य स्थानहरुमा पनि गाजा भेटिएका सम्बन्धीत क्षेत्र हेर्ने प्रहरी युनिटले गाजा नष्ट गर्ने अभियान रहेको प्रहरी निरक्षक चन्दको भनाई छ ।